You are viewing the translated version of मिसिलको आन्तरिक निरीक्षण.
Section 79
मिसिलको आन्तरिक निरीक्षण
(१) रजिस्ट्रारले वा निजले तोकेको अधिकृतले प्रत्येक दुई महिनामा कम्तीमा एक पटक चालु मिसिलको आन्तरिक निरीक्षण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण गर्दा मुद्दामा पूरा गर्नु पर्ने कामकारबाही दुरुस्त छ वा छैन हेरी कुनै त्रुटि भए सुधार गर्न निर्देशन दिनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम दिएको निर्देशनको अभिलेख अनुसूची-२३ बमोजिमको ढाँचामा राखी त्यस्तो अभिलेख सम्बन्धित मिसिलमा समेत राख्नु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ऐनले तोकेको अवधिभित्र किनारा हुन नसकेका मुद्दाका मिसिलको समय समयमा अध्यक्ष वा निजले तोकेको सदस्यले निरीक्षण गरी शीघ्र कारबाहीका लागि आवश्यक निर्देशन दिन सक्नेछ।